onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पल्सर स्पोर्ट्स अवार्ड : मण्डेकाजी र गौरिका उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाली खेलकुदकै सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा आफुलाई स्थापित गरेको पल्सर स्पोर्ट्स अवार्डको १७ औं संस्करण मंगलबार काठमाडौंमा भब्यताका साथ समापन भएको छ ।

सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद्को कराते हलमा भएको सेमि भर्चुअल अवार्ड समारोहमा १३ औं संस्करणको एसियायी खेलकुद (साग ) का दोहोरो स्वर्ण पदक विजेता करातेका मण्डेकाजी श्रेष्ठ वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित भए ।

उनि उत्कृष्ट घोषित हुने क्रममा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पारे । यस्तै महिला तर्फ पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंहले वर्षको उत्कृष्ट खेलाडी चयन भईन् ।

सागमा ४ स्वर्ण जित्न सफल भएकी उनले वर्षको उत्कृष्ट महिला खेलाडी हुने क्रममा कराँतेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पारिन् ।

यस्तै वर्षको उत्कृष्ट युवा खेलाडी गल्फका सुवास तामाङ घोषित हुँदा स्पेशल अवार्ड तेक्वान्दोकी आयशा शाक्य र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले प्राप्त गरे ।

यस्तै सागमा रजत पदक प्राप्त गरेको महिला भलिबल वर्षको उत्कृष्ट टिम घोषित हुँदा तेक्वान्दोका प्रशिक्षक नवीन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए ।

यी बाहेक भलिबलकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइस अवार्ड हात पारिन् । भोटिङको आधारमा विजेता निर्धारण गर्ने यस विधामा उनले ३७.५२ प्रतिशत मत प्राप्त गर्दा उनलाई टक्कर दिएका मण्डेकाजीले २८.४५ प्रतिशत मत प्राप्त गरे । भने १३.४९ प्रतिशतसहित तेस्रो नम्बरमा सदिना रहिन भने गौरिका सिंहले १३.३० र सावित्रा भण्डारीले ७.२९ प्रतिशत मत प्राप्त गरिन् ।

यस्तै पारा एथलिटतर्फ दिगमसिंह चेम्जोङले अवार्ड प्राप्त गर्दा लाइफटाइम एचिभमेन्ट अवार्ड टेनिसका पुराना खेलाडी सिजरन शाह र गिता क्षेत्रीलाई प्रदान गरिएको थियो । यस्तै मलेसियाका खेल पत्रकार अहमद खवारी इशालाई एसियन स्पोर्ट्स जर्नालिस्टको अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्