नेपाली क्रिकेट समर्थक समाजको अध्यक्षमा नारायण चयन
काठमाडौं (अनलाइन खेल खबर )। नेपाली क्रिकेट समर्थकहरुको लोकप्रिय् संस्था नेपाली क्रिकेट समर्थक समाज ( एनसिएसएस ) को पाँचौ साधारणसभा शनिबार सम्पन्न भएको छ ।
काठमाडौंमा भएको उक्त साधारणसभामार्फत अर्को दुई वर्ष सम्मका लागि ९ सदस्यीय केन्द्रिय कार्यसमिति सर्बसम्मतिका साथ चयन समेत गरिएको छ ।
जसमा पूर्व सचिव समेत रहेका नारायण पराजुलीलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको छ । यस्तै कार्यसमितिको उपाध्यक्षमा रेजिना बस्नेत रहँदा सचिवमा शुभ दुलाल , सह – सचिवमा मोहन ज्ञवाली र कोषाध्यक्षमा अच्युत पाण्डे चयन भएका छन् ।
यस्तै सदस्यहरुमा तारा पाठक ,मनिष कार्की,केदार घिमिरे र सिर्जन दुलाल रहेका छन् ।
यसै गरि प्रदेश १ को संयोजकमा ईश्वर रेग्मी ,बागमती प्रदेशमा विशाल पौडेल र लुम्बिनी प्रदेशको संयोजकमा सागर पंगेनी चयन भएका छन् ।
नेपाली क्रिकेटको वृद्धि विकाशमा समर्थकहरु को भुमिकामाथि रहदै छरिएर रहेका समर्थकहरुलाई समटदै नेपाली क्रिकेट समर्थक समाज ( एनसिएसएस ) अघि बढदै गएको एक समर्थकहरुको सामुहिक संस्था हो ।
पछिल्लो समय नेपाली क्रिकेटका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संस्थाले सहयोग गर्दै आएको छ । रचनात्मक तथा सिर्जनात्मक रुपमा एनसिएसएस अघि बढिरहेको छ ।
नेपाली क्रिकेटको विकासको प्रचारप्रसार देखि नेपाली क्रिकेटमा देखिएका कमि कमजोरी बेथिति माथी एनसिएसएसले आबाज उठाउँदै आएको छ ।
नेपाली क्रिकेटको अभिन्न अगंको रुपमा पछिल्लो समय आफुलाई एनसिएसएस ले उभाईसकेको अवस्था छ ।
साधारणसभामार्फत सदा झै समग्र नेपाली समर्थकहरुलाई एकत्रित गर्दै खेलकुदमार्फत समाज रुपान्तरण साथमा समग्र नेपाली क्रिकेट लाई योगदान दिने संस्थाको मुख्य उदेश्य माथि नै रहदै आगामी दिनमा पनि उक्त कार्यलाई अघि बढाउने र त्यसै अनुसारको नीति तथा कार्यक्रमहरु समेत पारित गरेको छ ।
एनसिएसएसले आगामी दिनहरुमा क्रिकेट प्रतियोगिता गराउने, संस्थाको शाखा विस्तार गर्ने, कर्पोरेट हाउस र क्रिकेटका सरोकार वाला संग सम्पर्क विस्तार गर्ने, ओझेलमा परेका प्रतिभाहरुलाई अघि ल्याउने लगायत कार्यक्रम ल्याउने प्रतिबद्धता ब्यक्त समेत साधारण सभाले गरेको छ ।
साधारणसभामा आर्थिक प्रतिबेदन संस्था का कोषाध्यक्ष कपिल श्रेष्ठले प्रस्तुत गरे भने विभिन्न वक्ताहरु संस्थाको बारेमा कार्य योजनामाथि आफ्ना भनाई राखेका थिए ।
साधारण सभामा संस्थाका मुलुक भरबाट सदस्यहरु काठमाडौंमा उपस्थित भएका थिए । संस्थाका साधारण सदस्य , एसोसियट , आजिवन सदस्यहरु ,कार्यसमिति प्रदाधिकारी तथा सस्थापकहरुको साधारणसभामा सहभागिता रहेको थियो ।