पिपुल्स च्वाइस अवार्डकाे मनाेनयन सार्वजनिक : भोटिङ इसेवाबाट गर्न सकिने
काठमाडौं (अनलाइन खेल खबर ) । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) को आयोजनामा हुँदै आएको पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत यस वर्षको पिपुल्स च्वाइस अवार्डको मनाेनयन सार्वजनिक भएको छ ।
मञ्चले शुक्रबार एक कार्यक्रम आयोजना गरी यस वर्षको मनोनयनमा सार्वजनिक गरेको थियो । जसमा अघिल्लो वर्ष नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग ) मा उत्कृष्ट प्रदर्शन गरेका ५ जना खेलाडीहरु समावेश रहेका छन् ।
जसमा सागकी कीर्तिमानी ४ स्वर्णधारी पौडीकी गौरिका सिंह , दुई स्वर्ण विजेता करातेका मण्डेकाजी श्रेष्ठ , फुटबलकी सावित्रा भण्डारी , सागमा रजत पदक विजेता भलिबलकी कप्तान अरुणा शाही र सागमै रजत पदक बास्केटबलकी कप्तान सदिना श्रेष्ठ
रहेका छन् ।
पुस २८ गते हुन् गईरहेको यस अवार्डमा यसपटक पनि १० विधामा अवार्ड प्रदान गरिने छ । जस अन्तर्गत पिपुल्स च्वाइस अवार्ड पनि एक महत्वपूर्ण बिधा हो ।
पिपुल्स च्वाइस अवार्डमा मनोनयनमा परेका लाई विजेता बनाउन भोट गर्न सकिनेछ । भोट इसेवामार्फत गर्न सकिन्छ । जसको ५० प्रतिशत भार रहने छ । भने बाँकी फेसबुक लाइक , खेल पत्रकार र खेल संघका प्रशिक्षकहरुको भारमा पर्नेछ ।
यसअघि भोटिङ एसएमएसमार्फत हुने गर्थ्यो भने यसपटकबाट इसेवामार्फत मनोनयनमा परेका खेलाडीहरुलाई सिधै भोट गर्न सकिने ब्यबस्था मिलाईएको छ । यो सँगै इसेवा पहिलो पटक साझेदारीका रुपमा यस अवार्डमा जोडिएको पनि छ ।