पल्सर स्पोर्ट्स अवार्ड पुस अन्तिम सातामा हुने
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको पल्सर स्पोर्ट्स अवार्ड पुस २८ गते हुने भएको छ ।
आयोजक मञ्चले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरि अवार्डको मिति घोषणा गरेको छ । जसअन्तर्गत यस वर्ष हुने १७ औं संस्करणको स्पोर्ट्स अवार्ड काठमाडौंमानै हुनेछ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अनुसार कोरोन भाइरस (कोभिड -१९ ) लाई मध्य नजरमा राख्दै अवार्ड सेमि भर्चुअलको माध्यमबाट गरिने छ ।
यसपटक पनि अघिल्लो वर्षको जस्तै १० विधामा अवार्ड प्रदान गरिने छ । जसमा वर्ष उत्कृष्ट पुरुष, उत्कृष्ट महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाईफटाइम एचिभमेन्ट , टिम अफ द इयर र ईन्टरनेसनल एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड प्रदान गरिने छ ।
जसमा अघिल्लो वर्षको जस्तो वर्ष पुरुष, वर्ष महिला, पिपल्स च्वाईस र प्रशिक्षक गरि चार विधाका विजेताले बजाज पल्सर मोटरसाईकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ सहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
यता अवार्डको मनोनयन पनि आयोजकले चाडैं सार्वजनिक गर्ने बताएको छ । अघिल्लो वर्ष नेपालमा आयोजना भएको दक्षिण एसियायी खेलकुदमा नेपालले प्राप्त गरेको सफलतालाई हेर्दा अवार्ड यसपटक अझ विषेश हुने पक्का रहेको छ ।