onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एनसीएसएस कास्कीको संयोजकमा प्रताप आचार्य चयन

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाली क्रिकेट समर्थकहरुको अग्रणी संस्था नेपाल क्रिकेट समर्थक समाज (एनसीएसएस) कास्कीको संयोजकमा प्रताप आचार्य चयन भएका छन् ।

शनिबार पोखरास्थित जिल्ला खेलकुद विकास समितिको सभाहलमा भएको तेस्रो साधारणसभामार्फत उनि संयोजकमा चुनिएका हुन् ।

यस्तै उक्त साधारणसभामार्फत चयन भएको नयाँ कार्यसमिति अन्तर्गत सन्दिप अधिकारी सह-संयोजकमा चुनिएका छन् ।

यस्तै निर्मल तिमिल्सिना सचिवमा र सन्तोष ढकाल कोषाध्यक्षमा चयन हुँदा पुनम ढकालले संस्थाको सह-सचिवको जिम्मेवारी प्राप्त गरेकी छिन् ।

यस्तै संस्थाको सदस्यहरुमा अनिश भट्टराई,सुजिता गौतम, सन्तोष पौडेल, सरोज अधिकारी, सुवास ढकाल, विष्णु प्रसाद शर्मा, सागर सापकोटा र शसिन घिमिरे रहेका छन् ।

यता संस्थाको साधारणसभामा प्रमुख अथितिका रुपमा जिल्ला क्रिकेट संघ कास्कीका अध्यक्ष सन्जयकान्त सिग्देलको उपस्थिति रहेको थियो ।

त्यस क्रममा उनले संस्था र कास्की क्रिकेटको बारेमा आफ्ना धारणा राखेका थिए । यस्तै पूर्व संयोजक कृष्ण बरालले संस्थाको विगतको कार्य र भाबी योजना बारे प्रकाश पारेका थिए ।

सन् २०१६ मा छरिएर रहेका नेपाली क्रिकेट समर्थकहरुलाई समेट्दै क्रिकेट खेलको विकास तथा विस्तारमा रचनात्मक कार्य गर्ने उदेश्यका साथ स्थापना भएको यस संस्था अन्तर्गत कास्की सक्रिय जिल्ला भित्र पर्छ ।

प्रतिक्रिया दिनुहोस्