रमेशकुमार सिलवाललाई फेरी सदस्य सचिवको जिम्मेवारी प्राप्त

रमेशकुमार सिलवाललाई फेरी सदस्य सचिवको जिम्मेवारी प्राप्त

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाल सरकारले राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सिलवाललाई राखेपको सदस्य सचिवमा दोराएको हो ।

यसअघि राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) का सदस्य सचिव रमेश सिलवाल केही हप्ता अघि मात्र पदमुक्त भएका थिए ।

नयाँ ऐन पारित भएपछि युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफारिस समितिले पठाएको एक महिलासहित ३ जनाको सिफारिसमा सिलवाल सफल भएका हुन् । जसमा उक्त सिफारिसमा सिलवालसँगै अन्जु श्रेष्ठ र लिलबहादुर थापाको नाम रहेको थियो ।

ऐन पारित भएपछि पहिलोपटक खुल्ला प्रक्रिया मार्फत सदस्य सचिव चयन गरिएको भएपनि यसअघिनै सिलवाल पुन:दोरिने धेरैले अनुमान भने गरेका थिए ।

यस्तै सदस्य सचिव सिलवालसँगै राखेपको उपाध्यक्षमा शिव कोइराला चयन भएका छन् । पहिलो पटक मन्त्री परिषदबाट नियुक्त भएका उपाध्यक्ष कोइराला र सदस्य सचिव सिलवालको पदावधि अब ४ वर्षका लागि रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *