
रमेश सिलवाल पदमुक्त : भक्तराज ढकाल राखेपको निमित्त सदस्य सचिवमा
काठमाडौं (अनलाइन खेलखबर ) । राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै राष्ट्रिय खेलकुद परिषद ( राखेप ) का सदस्य सचिव रमेश सिलवाल पदमुक्त भएका छन् ।
केही दिन अघि ऐन प्रमाणित भएपछि सदस्य सचिवका बारेमा अन्यौल पैदा भईरहेको अवस्थामा सोमबार युवा तथा खेलकुद मन्त्रालयले भक्तराज ढकाललाई राष्ट्रिय खेकलुद परिषद्को निमित्त सदस्य सचिवमा नियुक्त गरेको छ ।
निमित्त सदस्य सचिवका रुपमा रहेका ढकालले अब नयाँ सदस्य सचिव नआउँदा सम्म जिम्मेवारी निर्वाह गर्नेछन् ।
यता पदमुक्त भएका सिलवालले मात्र एक वर्ष राखेपमा बिताए । उनको कार्यकालमा महत्वपूर्ण कुरा नेपालले १३ औं सस्करणको दक्षिण एसियाली खेलकुद ( साग ) लाई सफलताका साथ आयोजना गर्दा पदकमा पनि नेपालले अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गर्न सफल भयो ।