नेपाल क्रिकेट संघद्वारा कमिटी विस्तार

नेपाल क्रिकेट संघद्वारा कमिटी विस्तार

काठमाडौ (अनलाइन खेलखबर )।नेपाल क्रिकेट संघ (क्यान )ले आफ्नो कार्यसम्पादन गर्नका लागि थप सहयोग पुगोस भन्ने हेतुले केही महिना अगाडीनै विभिन्न समिति बनाएको थियो ।

त्यसबेला बनाईएका प्रतियोगिता समिती, प्राविधिक समिती, आर्थिक समिती र मिडिया समितिमा संयोजक मात्र तोकिएको भएता पनि अहिले समितिले पुर्णता पाएको छ त्यसका लागि सदस्यहरु थपिएको छ ।

जसअन्तर्गत प्रतियोगिता समितिमा प्रशान्त विक्रम मल्ल संयोजक रहँदा दाउद अन्सारी , ऋषिराम विष्ट , विक्रम विष्ट र कैलाश विष्ट सदस्य रहेका छन् ।

यस्तै प्राविधिक समितिमा संजय राज सिंह संयोजकसहित विरेन्द्र बहादुर चन्द, अमित विर पाण्डे ,अरुण कुमार अर्याल र संजय गुरुङ सदस्य रहेका छन् ।

भने क्यानका कोषाध्यक्षसमेत रहेका रोशन कुमार सिंहको संयोजकमा आर्थिक समिति बनाईएको छ । जसमा क्यानकै सदस्यहरु माधव कर्मचार्य र दुर्गाराज पाठक रहेका छ्न ।

यस्तै क्यानका सचीव अशोकनाथ प्याकुरेल संयोजक रहेको मिडिया समितिमा भानुभक्त सिग्देल सदस्यका रुपमा चुनिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *