आईओएफटीसीद्वारा खेल पत्रकारलाई मास्क र सेनिटाईजर प्रदान
काठमाडौं (अनलाइन खेलखबर )। अमेरिकास्थित पोर्टल्याण्डको इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) कमिटीले नेपालका खेल पत्रकारलाई मास्क र सेनिटाईजर प्रदान गरेको छ ।
हाल कोराना भाइरस ( कोभिड -१९ ) माहामारीका बीच यो अवस्थामा कार्यक्षेत्रमा खटिने खेल पत्रकारहरुलाई कमिटीले मास्क र सेनिटाईजर प्रदान गरेको हो ।
सोमबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को कार्यलयमा आईओएफटीसीका नेपाल संयोजक रामचन्द्र ब्याञ्जनकारले मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) लाई ५० थान केएन–९५ मास्क र ५० थान सेनिटाईजर हस्तान्तरण गरेका थिए ।
सहयोग सामाग्री प्राप्त गरेपछी मञ्चका अध्यक्ष सुवेदीले महामारीबीच काममा निरन्तर लागिरहने पत्रकार साथीहरुको लागि प्राप्त सहयोग प्रति धन्यवाद ज्ञापन गरेका थिए ।