सरकारको सम्मान : स्वर्ण जित्ने खेलाडीले ९ लाख पाउँने
काठमाडौं ( अनलाइन खेलखबर ) । नेपालमा आयोजना भएको १३ औं सस्करणको दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत नेपाललाई एतिहासिक स्वर्ण दिलाउने खेलाडीलाई नेपाल सरकारले जनही ९ लाख प्रदान गरि सम्मान गर्ने भएको छ ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा खेलाडीहरुलाई सम्मान गर्दै सागमा स्वर्ण जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने घोषणा गरेका छन ।
जसमा १ भन्दा बढी स्वर्ण पदक ल्याउने खेलाडीलाई भने ११ लाखको दरले पुरस्कृत हुने छन । जस अन्तर्गत एकै सागमा चार स्वर्ण जितेर कीर्तिमान बनाएकी पौडी खेलाडी गौरिका सिंह ,तेक्वान्दोकी आयशा शाक्य , र करातेका मन्डेकाजी श्रेष्ठ सहित ४ खेलाडीले ११ लाख प्राप्त गर्नेछन ।
यता टिम गेममा स्वर्ण ल्याउने खेलाडीलाई जनही ५ लाखले सम्मान गरिनेछ । यस्तै रजत विजेतालाई ६ लाखले सम्मान गरिदा र कास्य विजेता जित्नेलाई सरकारले ३ लाख दिने घोषणा गरेको छ ।
यता सागको ईतिहासमा नेपालले अहिलेसम्मकै ठुलो उपलब्धि हासिल गर्ने क्रममा ५१ स्वर्ण पदक ६० रजत र ९५ कास्य पदक सहित कुल २ सय ६ पदक प्राप्त गर्ने सफल हुँदा सागमा नेपाल पदक सङख्यामा दोस्रो स्थानमा रह्यो ।
पहिलो स्थानमा भने स्वाभाविक भारतनै रह्यो । भारतले सागमा १ सय ७४ स्वर्ण , ९३ रजत र ४५ कास्य पदक सहित कुल ३सय १२ पदक सहित पहिलो स्थानमा रह्यो ।