
पदक तालिकामा नेपाललाई भारतले उछिन्यो !
काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद ( साग ) को पदक तालिकामा अहिले भारतले अग्रता कायम राखेको छ ।
बुधबारसम्म नेपाललाई भारतले पछाडी पारेको छ । सुरुवाती अबस्थामा नेपालले अग्रता बनाएको भएपनी अब भारतले आफ्नो अग्रता कायम राख्ने पक्का रहेको छ ।
नेपालले अब आफ्नो आशा गरेका खेलहरु क्रमश सकिदै जाँदै गर्दा अब नेपालको पदक कम आउने छ भने भारतको पदक आउँने क्रम अब सुरु भएको छ ।
हालसम्म भारतले ३४ स्वर्ण जितेको छ भने नेपालले २९ स्वर्णसहित दोस्रो स्थानमा छ।
तेश्रो दिनको खेल सकिदाँ भारतले ३४ स्वर्ण २३ राजत र १३ कास्य सहित ७० पदक सहित अंकतालिकाको पहिलो स्थान हासिल गर्न सफल भएको छ ।
भारतलाई पछ्याउँदै गरेको नेपालले २९ स्वर्ण १५ रजत र २५ कास्य सहित कुल ६९ पदक जितेको छ ।
यस्तै तेश्रो स्थानमा रहेको पाकिस्तानले ९ स्वर्ण, १८ रजत र १८ कास्य सहित ४५ पदक जित्दा श्रीलंकाले ८ स्वर्ण २३ रजत र ३७ कास्य सहित ६९ पदक हात जित्न सफल भएको छ ।
भने बंगलादेशले ४ स्वर्ण ७ रजत र २६ कास्य सहित पदक संख्या ३७ पुर्याएको छ ।
त्यसपछि माल्दिभ्सले १ स्वर्ण र २ कास्य जित्दा भुटानले अहिलेसम्म कुनैपनि स्वर्ण जित्न सकेको छैन । भुटानले ४ कास्य पदकमा सिमित रहेको छ ।