राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्ने : उद्घाटन अहिलेसम्मकै उत्कृष्ट हुने दाबी
काठमाडौं ( अनलाइन खेलखबर ) । नेपालले तेस्रो पटक आयोजना गर्न लागेको दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको उद्घाटन आज भब्य समारोहका साथ हुँदैछ ।
त्रिपुरेश्वरस्थित नेपालको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशालामा हुने सागको उद्घाटन सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सागको उद्घाटन गरिने कार्यतालिका रहेको छ ।
बेलुकी ५ बजेपछी सागको उद्घाटन समारोह सुरु हुनेछ र करिव सवा ३ घन्टासम्म यो समारोह चल्ने कार्यक्रम रहेको छ ।
जहाँ मार्चमाससहित नेपालले सागमा सहभागी जनाउँने ७ देशको प्रतिनिधित्व हुने गरि बिभिन्न मनोरञ्जनयुक्त प्रस्तुती रहने राष्ट्रिय खेलकुद परिषद( राखेप ) ले जानकारी गराएको छ ।
यसका साथै नेपाली कला – संस्कृति झल्किने विभिन्न खाले झाकी तथा सास्कृतिक कार्यक्रम समेत रहेको छ । जसका लागि साढे ७ हजार भन्दा कलाकारहरु सहभागी हुँदैछ्न ।
यसपटक साग नेपालका काठमाडौं , पोखरा र जनकपुरमा सागका खेल हुँदैछ । सागको उद्घाटन अघि भलिबल खेल भएको थियो जसमा पहिलो चरणको खेल सकिसकेको छ ।
पुरुषतर्फ सेमिफाइनल खेल आज हुँदैछ भने मंगलबार महिला भलिबलको फाइनल खेल रहेको छ ।
यस्तै आजदेखी भलिबलको साथ काठमाडौंमा कराते र खोखोको खेल सुरु हुनेछ भने पोखरामा ब्याडमिन्टन सुरु हुनेछ ।