साग छोडेर कतारतर्फ : `रहर होईन बाध्यता ´
काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा आयोजित दक्षिण एसियायी खेलकुद ( साग ) ले अहिले नेपाल खेलमय बन्दै गर्दा एकजना खेलाडीलाई त्यस माहोलले छुन सकेन ।
मुखैमा रहेको सागलाई छोडेर एथ्लेटिक्स खेलाडी तुलसा खत्री कतार पुगेकी छिन । एउटा खेलाडीलाई यस सागको महत्व कति हुन्छ , त्यो उनलाई पनि उत्तिकै थाहा थियो होला ।
यो स्तरको प्रतियोगितामा खेल्छु भनेर पनि कति सफल हुन सक्दैन ।
जो सफल भएपछि आफुलाई भाग्यमानी समेत मान्ने गर्छ्न । यस्तो प्रतिष्ठित प्रतियोगिता छोडेर उनि किन कतार गईन होला , यो उनलाई नै थाहा छ , पक्कै रहर होईन बाध्यता हुन सक्छ ।
नेपालमा हामीलाई थाहा भएकै हो , खेलाडी प्रति राज्यको साथ , केहि सिमित र ठुला भनिएका खेलमा मात्र खेलाडीहरुको राम्रो अबसर हुँदा केहि खेलाडीको राम्रो पनि छ तर अधिकाम्स खेलाडीको अबस्था उस्तै छ ।
आफ्नो दैनिक गुजारा चलाउन पनि निकै कठिनाई हुँदै आएको यो हाम्रो तितो यथार्थ रहेको छ । यस्तोमा खेलाडीले पनि के विकल्प रोज्छ होला ? उत्तर यहि आउँछ ।
सो त्यही सागको पुर्वसन्धामा दोरिएको छ । यो भने खेलाडीको हकमा नौलो पक्कै होईन । वेला – बखत यस्ता खबर आउँने गर्छ , खबर आउँछ , पछि हराएर जान्छ ।
न सम्बन्धित निकायको यस विषयमा गम्भिर ध्यानाकर्षण हुन्छ , विस्तारै सेलाएर जान्छ । देशका लागी आफ्नो जिन्दगी समर्पित गर्ने खेलाडी प्रती राज्य सचेत हुन जरुरी छ । नत्र यस्ताकुराहरु आगामी दिनहरुमा पक्कै आउँने रोकिने छैन ।
यता कतार पुगेकी तुलसा खत्रीले यस सागमा ४ सय मिटर दौड र ४ सय मिटर रिलेमा नेपालको प्रतिनिधित्व गर्दै थिईन् । तर विडम्बना उनि खेल्न सकेनिन खेललाई भन्दा उनले जिन्दगीलाई रोजिन र रोजगारीका लागी कतार पुगेकी छिन ।