onlinekhelkhabar.com

Complete website for Nepali Sports News

दर्शकहरुका लागि क्रिकेटसहित ४ खेलमा टिकट निर्धारण

काठमाडौं ( अनलाइन खेलखबर ) || आसन्न नेपालमा हुन गईरहेको १३ औं संस्करणको दक्षिण एसियायी खेलकुद ( साग ) का ४ खेलमा आयोजक नेपालले खेल हेर्न आउने दर्शकहरुलाई टिकट निर्धारण गरिएको छ ।

मुख्यत नेपालका ४ लोकप्रिय खेलमा टिकट निर्धारण गरिएको हो । राष्ट्रिय खेलकुद परिषद ( राखेप ) का अनुसार खेल हेर्न आउने दर्शकहरुलाई ब्यबस्थित गर्न पनि टिकट अनिवार्य आबस्यक परेको जानकारी गराएको छ ।

रंगशालासहित मैदानमा सिमित दर्शक क्षमता भएको हुँदा दर्शकहरुलाई टिकटका माध्यमबाट ब्यबस्थित गर्न सहयोग पुग्ने हुँदा टिकट ब्यबस्था गरिएको बताईएको छ ।

जसअन्तर्गत क्रिकेट , फुटबल , भलिबल र बास्केटबलमा टिकट निर्धारण हुने भएको छ ।

जसअन्तर्गत फुटबलमा साधारण प्याराफिटतर्फ पाँच सय र भिआईपी प्यारापिटतर्फ एक हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ ।

यस्तै क्रिकेटमा सुरुवाती अबस्थामा २ सय र पछि सेमिफाइनल र फाइनलमा पाँच सय निर्धारण गरिएको छ ।

भने भलिबल र बास्केटबलमा समान ५/५ सय तोकिएको छ ।

टिकट कसरी प्राप्त गर्ने त्यो चाडैनै जानकारी गराईने राखेपले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्