खेलाडीमा टिकटक क्रेज : रुचाईएका स्टार खेलाडीहरु
काठमाडौं (अनलाइन खेलखबर ) । पछिल्लो समयमा चर्चाको शिखरमा रहेको युवामाझ निकै लोकप्रिय बनेको सामाजिक संजाल भिडियो शेयारिंग एप टिकटक नेपालमा पनि लोकप्रिय हुँदैछ ।
चिनिया कम्पनीको लगानीमा रहेको यस एसमा प्रयोगकर्ताले विभिन्न्न लिप्सिक अर्थात कपि गर्नसक्छ्न। आफ्नो अभिनय देखाउने, आफ्नो प्रतिभालाई देखाउने गतिलो माध्यम बनेको छ अहिले टिकटक ।
र संसारभर लोकप्रिय बनेको यस एपबाट हाम्रा खेलाडीलाई पनि नछुने कुरै भएन। नेपाली खेलाडीहरुले यसलाई मनोरञ्जनको गतितो माध्यम बनाएका छन् ।
खेलबाट बचेको समयमा , फुर्सदको बेला खेलाडीहरुले टिकटक भिडियो बनाउँदै आएका छन् । जसमा विषेश खासका स्पोर्ट्स कार्यक्रमका भिडियोहरु पनि टिकटकमा हेर्न पाईन्छ् ।
यसरी टिकटकलाई नियाल्दा पुरुष खेलाडी भन्दा महिला खेलाडीलाई यसले मज्जैले छोएको पाईन्छ । पुरुष खेलाडीहरु छन् तर धेरै हेर्ने मात्र छन् भिडियो बनाएरै शेहर गर्ने कम रहेका छन् भने महिला खेलाडी हेर्ने देखि भिडियो शेहर गर्ने पनि बाक्लो सङ्ख्यामा रहेको छ ।
टिकटकमा धेरै रुचाईएको खेलाडीमध्यमा भलिबलकी रेश्मा भण्डारी अग्रपंक्तिमा आउँछिन । उनले खाली समयमा टिकटक भिडियो शेहर गर्ने गर्छिन ।
उनलाई टिकटकमा धेरै पछ्याएको हुँदा पनि हुन सक्छ उनी धेरै सक्रिय पनि छिन । जसमा उनको विभिन्न आकर्षक भिडियोहरु टिकटकमा रहेका छन् ।
टिकटकमा थोरै समयमा उनलाई पछ्याउँनेको सङ्ख्या धेरै छ । जसरी उनी खेलमा अब्बल छिन त्यसरीनै उनले टिकटकमा सुभचिन्तकबाट माया पाएकी छिन् ।
हालसम्म उनलाई टिकटकमा २ लाख ११ हजार भन्दा बढिले फलो गरेका छन् ।
यस्तै टिकटकमा रेश्मा जस्तै अन्य महिला भलिबल खेलाडीहरु पनि सक्रिय छन् । जसमा सरस्वती चौधरीको पनि नाम आउँछ । उनलाई अहिलेसम्म १० हजार भन्दा बढीले पछ्याईरहेका छ्न ।
यता भलिबलसँगै फुटबलका खेलाडीहरु टिकटक भिडियो औधी रुचाउँनेमा पर्छ्न । त्यसको एक उदाहरण हुन सावित्रा भण्डारी , अर्थात गोल मेसिन , दक्षिण एसियाकै उत्कृष्ट स्टाईकर सावित्रा समर्थकहरुको माझ पनि लोकप्रिय खेलाडी हुन ।
उनलाई अहिलेसम्म १५ हजार भन्दा बढिले टिकटकमा फलो गरेका छन् । यस्तै महिला फुटबलरमा सबैभन्दा रुचाईएको खेलाडीको रुपमा रेखा पौडेल अग्रपंक्तिमा आउँछीन । अहिलेसम्म ५९ हजार भन्दा बढीले फलो गरेका उनको भिडियो आफैमा राम्रो र सुन्दर पनि रहेका छन् जसले सबैलाई राम्रो लाग्ने गरेको छ ।
यस्तै अनिता बस्नेत पनि पछिल्लो समयमा टिकटक भिडियो बनाउँन सुरु गरेकी छिन ।
यता अर्को लोकप्रिय खेल क्रिकेटमा भने त्यति खेलाडीहरु सक्रिय नभएको पाईन्छ । त्यसमा सोमपाल कामीले अलिकती धेरै भिडियो बनाएपनी त्यति सक्रिय भने छैनन ।
उनलाई पछ्याउनेमा अहिलेसम्म ११ हजार हाराहारी पुगेका छन् । यस्तै अभिनास बोहराले पनि बेला बेलामा भिडियो पोस्ट गर्ने गर्छन । क्रिकेटरको रुपमा सबैभन्दा फलो पाएका खेलाडीमा उनि पर्छ्न उनलाई अहिलेसम्म ६७ हजारले फलो गरेका छन् ।
यस्तै भलिबल , फुटबल र क्रिकेटबाहेक अन्य खेलका खेलाडीको नाम पनि आउँछ उनिहरु पनि टिकटकमा सक्रिय छ्न । ट्रेल रनर तथा स्काई रनर मिरा राई देखि कयौ टिकटकमा पछिल्लो समय सक्रिय छन् र हुने क्रममा रहेका छन् ।