धावक राम सुन्दरको ललितपुर देखि जनकपुर सम्मको दौड पूरा

धावक राम सुन्दरको ललितपुर देखि जनकपुर सम्मको दौड पूरा

काठमाडौं (अनलाइन खेलखबर ) | नेपालका लामो दूरीका चर्चित धावक रामसुन्दर कार्कीले ललितपुर देखि जनकपुरसम्मको आफनो दौड पूरा गरेका छन ।

ललितपुरको गोदावरी नगरपालिकाका स्थानीय समेत रहेका उनले सोही आफ्नो स्थानदेखि जनकपुरस्थित रामजानकी मन्दिरसम्मको दौड पूरा गरेका छन् ।

करिब २ सय २५ किलोमिटर दूरी कार्कीले ३ दिन लगाएर पूरा गर्न सफल भए ।

कार्कीले गोदावरी नगरपालिका वडा नं. १, गोदामचौर, कार्कीटारमा आफैले निर्माण गरेको हनुमानको मन्दिरदेखि दौड सुरु गरेका थिए ।

दौडलाई नविल बैंक, रुस्लान एफएफले मुख्य प्रायोजन गर्दा ललितपुर महानगरपालिका , गोदावरी नगरपालिका , सिन्धुलीको कमलामाई नगरपालिका , सुर्यविनायक नगरपालिका र नार्गाजुन नगरपालिका लगायतले प्रायोजन गरेको कार्कीले अनलाइन खेलखबरसँगको कुराकानीका दौरान जानकारी गराएका थिए र उनले सो दौडबाट संकलित रकम सामाजिक कार्यमा खर्च गर्ने समेत बताएका छन ।

यसअघि कार्कीले दौडेर नेपालका ७५ जिल्ला पुगिसकेका छन् । यसबाहेक पनि काठमाडौं देखि लुम्बिनी ६ पटक, काठमाडौ देखि सिन्धुली ३ पटक , काठमाडौं देखि दोलखा ३ पटक दौड पूरा गरेका कार्कीले काठमाडौंदेखि भारतको विभिन्न स्थान र काठमाडौंदेखि भुटानसम्म पनि दौडेका छन् ।

कार्कीले एभरेष्ट म्याराथन, अन्नपूर्ण म्याराथन, अन्नपूर्ण ट्रेल रेस (१०० किमि) लगायत विभिन्न प्रतियोगितामा पनि सहभागिता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *