प्रधानमन्त्री कप मा आर्मी को बिजयी सुरुवात, प्रदेश २ : ५५ रनले पराजित
जेठ १७ , अनलाईन खेलखबर || राजधानि मा जारी नेपालको सबैभन्दा ठूलो एकदिवसीय क्रीकेट प्रतियोगिता प्रधानमन्त्री कप अन्तर्गत आज भएको खेलमा आर्मीद्रारा प्रदेश नम्बर २ लाई डकवर्थ लुईस का आधार मा ५५ रनले पराजित गरेको छ ।
प्रतियोगिता को पहिले खेल बाटै बिजयी सुरुवात गरेको बिभागिय टिम त्रिभुवन आर्मी ले त्रिवि क्रीकेट मैदान मा टस जितेर पहिले ब्याटिङ गरेको थियो । ४९.३ ओवर मा अलआउट हुन पुगेको आर्मी ले २ सय ४४ रनको योगफल खडा गरेको थियो । जस मा राजु रिजाल ले अर्धसतकिय ५ ० रनको पारि खेले उनले ८५ बल सामना गर्दै ५ चौका र १ छ्क्का प्रहार गरेका थिए । यस्तै राजेश पुलामी मगर ले ४० रन बनाए भने अलराउन्डर प्रद्सन गरेका सोमपाल कामी ले ४१ रनको महत्त्वपूर्ण योगदान गरेका थिए । यस्तै अनिल कुमार मन्डलले ३५ , बिनोद भन्डारी ले २३ र सुशन भारी ले १२ रन को योगदान गरेका थिए।
बलिगं तर्फ प्रदेश २ का लागि डि मलिक ले सर्बाधिक ३ बिकेट लिए भने सम्साद शेख , मेहबुब आलम र रासिद खान ले समान २/२ विकेट लिए ।
वर्षा ले प्रभावित खेल मा लक्ष्य छोट्याएर प्रदेश २ ले नया लक्ष्य २ सय ३८ रन पाएको थियो । यसपछि जवाफी ब्याटिङ गरेको प्रदेश २ ले पुरै निर्धारित ४० ओवर ब्याटिङ गर्दै ९ विकेट गुमाएर मात्र १ सय ८२ रन बनायो । प्रदेश नम्बर २ का लागि सुरज पटेल ले सर्बाधिक ४८ रन अबिजित बनाए भने हरि सङ्खर शाह , र रासिद खान ले समान ३४/३४ रन बनाए भने हसिम अन्सारी ले २८ रन बनाएका थिए ।
बलिग तर्फ भने सोमपाल कामी ले सर्बाधिक ३ तथा सागर पुन , सुशन भारी र शाहब आलम ले समान २/२ विकेट लिएका थिए ।
यो जित सगैँ आर्मी ले प्रतियोगिता मा बिजयी सुरुवात गरेको छ भने प्रदेश २ ले ३ खेल बाट यो दोस्रो पराजित हो ।
अब शुक्रबार प्रतियोगिताका दुई खेल हुनेछ्न पहिलो त्रिवि मैदान किर्तिपुर मा आर्मी र प्रदेश १ भिडने छ्न भने दोस्रो मुलपानी क्रीकेट मैदान मा पुलिस र प्रदेश ६ भिडने छ्न ।