घरेलु क्रीकेट मा कीर्तिमानी एकै खेलाडी ले ह्याटिक तथा सतक प्रहार गरेपछी , प्रधानमन्त्री कप मा प्रदेश ४ को पहिलो जित
जेठ १६ , अनलाईन खेलखबर || राजधानी मा जारी नेपाल को सबैभन्दा ठूलो एकदिवसीय क्रीकेट प्रतियोगिता अन्तर्गत आज भएको समूह “ए ” मा रहेका प्रदेश ४ र १ बिचको खेल मा प्रदेश ४ १ सय २९ रनले बिजयी भएको छ।
आजको खेल मा प्रदेश ४ लाई शानदार जित दिलाउन हरिबहादुर चौहान ले उत्कृष्ट बलिग र ब्याटिङ दुबै गरे , संभबत यस्तो एकै खेलाडि ले एउटै खेल मा सतक र ह्याटरिक गरेको नेपाली क्रीकेट का लागि पहिलो घटना होला जुन हरि बहादुर ले गरेका छ्न , उनले ह्याटरिक बिकेट सहित ४ बिकेट लिए भने प्रतियोगिता को पहिलो सतक प्रहार गर्ने खेलाडी समेत बने उनले १०० रन बनाएका थिए ।
जारी प्रतियोगिता मा ३ खेल खेलिसकेको प्रदेश ४ को यो पहिलो जित हो । यसअघि पहिलो खेल मा एपीएफ सगँ ५ विकेट र दोस्रो खेल मा प्रदेश २ सगँ ६७ रनले पराजित भएको थियो ।
र्राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) को आयोजना तथा नेपालय ईभेन्ट कम्पनी को ब्यबस्थापन मा जारी प्रतियोगिता को चौथो दिन मा त्रिवि क्रीकेट मैदान , किर्तिपुर मा आज ट्स जितेर पहिले प्रदेश ४ ले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित पुरै ५० ओभर पूरा खेल्दै ७ विकेट गुमाएर ३ सय १० को विशाल योगफल खडा गरेको थियो । जसमा प्रदेश ४ का खेलाडी हरि बहादुर चौहान ले उत्कृष्ट पारि खेल जारी प्रतियोगिता को पहिलो सतक प्रहार गर्ने क्रम मा उन ले ११५ बलको सामना गर्दै ८ चौका १ छ्क्का प्रहार गर्दै सतकिय १०० रनको पारी खेले । यस्तै सुमन घिमिरे ले पनि अर्धसतकिय ८३ रनको पारी खेलेका थिए । साथै आकाश थापा ले १९ रन , मन्जिल न्यौपाने ले २८ रन , अनिल गुरुङ ले १३ रन र बिपिन कार्की ले अबिजित २३ रनको योगदान दिएका थिए।
बलिग तर्फ प्रदेश १ का पुस्प थापा र सन्दिप डुङ्गगाना ले २/२ विकेट लिए ।
विशाल लक्ष्य ३११ रनको पछ्याएको जवाफी ब्याटिङ गरेको प्रदेश १ ले मात्र १ सय ८१ रन मा अलआउट हुनपुग्यो । प्रदेश नम्बर ४ का बलर सामु सन्दिप ढुङ्गगाना ले ७१ रन को पारी खेल्नु बाहेक अन्य ले उल्लेख योगदान गर्न सकेनन ।
बलिग तर्फ किर्तिमानी पारि खेलेका प्रदेश ४ का हरि बहादुर चौहान ले ब्याटिङ मा झै बलिग मा आफुलाई उत्कृष्ट साबित गर्दै ५ ओवर बलिग गरेका उनले ह्याटरिक बिकेट सहित १९ रन खर्चिएर कुल ४ बिकेट लिए । आफ्नो पाचौं ओवर बलिग गर्न आएका चौहान ले ओवर को चौथो , पाचौं र छ्ठौं बल मा लगातार बिकेअत लिई ह्याटरिक पूरा गरेका थिए , जस मा फिर्दोश अन्सारी , मनोज तामाङ र अभ्यास तिमल्सिना सिकार हुन पुगेका थिए । यस्तै राजु गुरुङ र बिपिन कार्की ले समान २/२ विकेट लिएका थिए भने सन्तोष न्यौपाने ले १ बिकेट लिन सफल भए ।
आज नै मुलपानी मा भएको समूह “बि ” अन्तर्गत प्रदेश ७ र ५ बिचको खेल बर्षा को कारण रद्द भएको छ ।
अब प्रतियोगिता मा बिहिवार एक खेल मात्र हुनेछ । किर्तिपुर स्थित त्रिवि मैदान मा त्रिभुवन आर्मी र प्रदेश १ भिडने छ्न ।