गौरिकाले रचिन् ईतिहास : गौरिकालाई तेस्रो स्वर्ण

गौरिकाले रचिन् ईतिहास : गौरिकालाई तेस्रो स्वर्ण

काठमाडौं ( अनलाइन खेलखबर )| पौडी खेलाडी गौरिका सिँहले सागको ईतिहासमा नयाँ ईतिहास बनाएकी छिन ।

१३ औं दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत पौडी खेलमा आईतबार उनले ४ सय मिटर फ्रीस्टाईलमा स्वर्ण जित्न सफल हुँदा उनले आफ्नो स्वर्ण सङख्या ३ पुर्याईकी छिन ।

र योसँगै उनले सागको ईतिहासमा एकै सस्करणमा ३ स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छिन । यसअघि यहि सागमा करातेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले २/२ स्वर्ण जितेका थिए ।

यो स्वर्ण अघि गौरिकाले २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर रिलेमा पनि स्वर्ण जितेकी थिइन यसका साथै उनले १ सय मिटर ब्याकस्ट्रोकमा रजत र ४ बाइ १ सय मिटर फ्रीस्टाइल रिलेमा कास्यपदक समेत जित्न सफल भएकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *