गौरीका एउटै सागमा दुई स्वर्ण जित्ने तेस्रो खेलाडी बन्न सफल

गौरीका एउटै सागमा दुई स्वर्ण जित्ने तेस्रो खेलाडी बन्न सफल

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले अर्को स्वर्ण पदक जित्न सफल भएकी छिन ।

शुक्रबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको खेलमा गौरिकाले २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण हासिल गर्न सफल भईन ।

स्वर्ण जित्ने क्रममा उनले निर्धारित दूरीलाई २ मिनेट १७.७३ सेकेन्डमा पूरा गरिन् । जसमा उनलाई पछ्याईएकी भारतकी मन्ना पटेलले रजत पदक जित्न सफल भईन ।

उनले उक्त दूरीलाई २ मिनेट २०.७१ सेकेन्डमा पुरा गरिन । यस्तै श्रीलंकाकी गंगा सेनले कास्य पदक प्राप्त गरिन । उनले २ मिनेट २७.२५ सेकेन्डमा उक्त दूरीलाई पूरा गर्न सफल भईन ।

यसअघि बिहिबार गौरिकाले पहिलो स्वर्ण महिला २०० मिटर फ्रिस्टाईलतर्फबाट जित्न सफल भएकी थिईन ।

उनले यो दुरीलाई २ मिनेट ०५.०६ सेकेण्डमा पूरा गरेकी थिईन ।

यता सागको तर्फबाट एउटै सागमा २ स्वर्ण जित्ने गौरिका तेस्रो खेलाडी बनेकी छिन । जसमा यस सागमा तेक्वान्दोकी आयशा शाक्य र करातेका मन्डेकाजी श्रेष्ठले यस सागबाट दुई स्वर्ण जित्न सफल भएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *