साइक्लिङबाट नेपाललाई चार स्वर्ण

साइक्लिङबाट नेपाललाई चार स्वर्ण

काठमाडौं( अनलाइन खेलखबर ) | दक्षिण एसियायी साग अन्तर्गत साइक्लिङको दोश्रो दिन पनि नेपालले दुई स्वर्ण जित्न सफल भएको छ ।

बुधबार पहिलो दिन नेपालले डाउनहिलमा दुई स्वर्ण जित्न सफल भएको थियो ।

जसअन्तर्गत डाउनहिलको पुरुषमा राजेश मगर र महिलामा निश्मा श्रेष्ठले पहिलो दिन नेपाललाई स्वर्ण दिलाउँंन सफल भएका थिए ।

त्यस्तै बिहिबार गोकर्णस्थित सहिद पार्कमा भएको पुरुष क्रसकन्ट्रीको २० किलोमिटर दूरीमा नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण जित्न सफल भए ।

उनले स्वर्ण जित्ने क्रममा निर्धारित दूरी १ घण्टा १९ मिनेट ०८ सेकेन्डमा पूरा गरेका थिए ।

पदक क्लिन स्विप गर्ने क्रममा नेपालले रजत र कांस्य पनि जित्न सफल भयो । जसमा रजत जितेका राजीव राईले १ घण्टा १९ मिनेट ४० सेकेन्डमा उक्त दुरि पुरा गरे भने १ घण्टा २१ मिनेटमा दुरि पुरा गरेका ओकश वज्राचार्यले कास्य पदक प्राप्त गरे ।

यस्तै महिलातर्फ १६ किलोमिटर दूरीमा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितिन । उनले उक्त दूरीमालाई १ घण्टा २० मिनेट २० सेकेन्ड समय खर्चिएर पूरा गरिन ।

भने नेपालकै उषा खनालले रजत जसमा उनले १ घण्टा ३५ मिनेट ५२ सेकेन्डमा उक्त दूरी पुरा गतेकी थिईन ।

भने कास्य पदक भारतकी प्रणिता प्रफुलले जितिन उनले १ घण्टा ३६ मिनेट २९ सेकेन्ड मा उक्त दूरी पूरा गर्न सफल भैइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *