onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आजदेखी आर्चरी पोखरामा सुरु हुँदै : १० स्वर्णका लागि ५७ जना खेलाडीको प्रतिष्पर्दा

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आर्चरी खेल आजबाट पोखरामा सुरु हुन गईरहेको छ ।

जसमा आयोजक नेपाल सहित भुटान, श्रीलंका र बंगलादेश आर्चरी प्रतियोगितामा सहभागी हुने भएका छन् ।

पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएको छ ।

मंगलबारसम्म आर्चरीमा सहभागि हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउदै आर्चरी खेलमा सहभागि नहुने उल्लेख गरेको छ ।

भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुदैछन भने अन्य तीन देशका १६- १६ जना खेलाडीहरु सहभागि हुने छ्न ।

बिहीबार र्याङकिङ राउण्ड हुने छ । आर्चरीमा १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरुले प्रतिष्पर्दा गर्दैछ्न ।

प्रतिक्रिया दिनुहोस्