साईक्लिङले दियो नेपाललाई २ स्वर्ण, २ रजत र १ कास्य !
काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं दक्षिण एसियायी खेलकुद ( साग ) मा साइक्लिङले नेपालले दुई स्वर्ण २ रजत र १ कास्य पदक दिएको छ ।
बुधबार गोकर्णमा भएको प्रतिस्पर्धामा डाउनहिलको पुरुषमा नेपालको दबदबा रह्यो ।
डाउनहिलको पुरुषतर्फ नेपालले स्वर्ण, रजत र कास्य पदक नै नेपाली खेलाडीले जितेका छन् ।
महिलातर्फ नेपालले स्वर्ण पदक जितेको हो । पुरुषतर्फ नेपालका राजेश मगर डाउनसिल व्यक्तिगत प्रतिस्पर्धामा १ घन्टा ४९ मिनेट ३३ सेकेन्डमा दुरी पुरा गर्दे स्वर्ण पदक जित्न सफल भए ।
चार देशको सहभागीता रहेको पुरुष डाउनहिलमा नेपालका निरभ श्रेष्ठले रजत जिते । उनले १ घन्टा ५० मिनेट ०८ सेकेन्डमा दुरी पुरा गरेका थिए ।
भने तेस्रो स्थानमा पनि नेपाल नै रह्यो । नेपालका प्रछित थापाले १ घन्टा ५० मिनेट ६६ सेकेन्डमा दुरी पुरा गरे ।
१४ जना खेलाडी सहभागी रहेको स्पर्धामा श्रीलंकका दुई खेलाडीले विचैमा खेल छोडेका थिए । भारतका तीन खेलाडी चौथो, पाँचौ र छैटौं स्थानमा आए भने बंगादेशका खेलाडीले पनि दुरी पुरा गरेका थिए ।
डाउनहिलको महिलातर्फ भने नेपालले स्वर्ण र रजत पदक जितेको छ । निश्मा श्रेष्ठले २ घन्टा २२ मिनेट ४५ सेकेन्डमा दुरी पुरा गर्दे स्वर्ण पदक जितिन् ।
त्यसैगरी नेपालकी जमुना थापाले २ घन्टा ४१ मिनेट ५५ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक जितिन् ।
कास्य पदक भने भारतकी यसोधरा मधुकरले जितिन् । उनले ३ घन्टा ३७ मिनेट २३ सेकेन्डमा दुरी पुरा गरेकी थिइन् । चार देशको सहभागीता रहेकोमा बंगादेश र श्रीलंकका खेलाडीले रेस पुरा गरेनन् ।