नेपालमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै : २१ राष्ट्रका खेलाडीले सहभागी जनाउँने

नेपालमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै : २१ राष्ट्रका खेलाडीले सहभागी जनाउँने

काठमाडौं (अनलाइन खेलखबर )| आउँदो बुधबार देखि मंसिर १ गतेसम्म नेपालमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय च्यालेन्ज २०१९ प्रतियोगितामा नेपालसहित कुल २१ मुलुकका खेलाडीहरुको सहभागी रहने छ ।

प्रतियोगिता सुरु हुने केही दिन बाकी मात्र रहेको अवस्थामा आईतबार आयोजक नेपाल ब्याडमिन्टन संघले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको थियो ।

प्रतियोगितामा सहभागी हुन भारत, जापान, थाइल्यान्ड, कोरिया, रशिया, बंगलादेश, अमेरिका , क्यानडा, माल्दिभ्स , युक्रेन, भियतनाम, मंगोलिया, अष्ट्रेलिया, मलेसिया, ट्रकि , इन्डोनेसिया, भुटान, पाकिस्तान, इरान र ईङल्याण्डका खेलाडीहरु नेपाल आउने छ्न ।

जसबाट प्रतियोगितामा पुरुष तथा महिला एकल र युगल तथा मिश्रीत युगल गरि कुल ५ विधामा प्रतिस्पर्धा हुने आयोजकले जानकारी गराएको छ ।

प्रतियोगितामा कुल १ सय ४९ खेलाडीको सहभागिता रहने छ । २५ हजार पुरस्कार डलर राशी रहेको प्रतियोगिताको कुल अनुमानित खर्च ६८ लाख ७५ हजार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *