नेपाली कबड्डी टिमले सागको अन्तिम तयारी भारतमा गर्ने

नेपाली कबड्डी टिमले सागको अन्तिम तयारी भारतमा गर्ने

काठमाडौं ( अनलाइन खेलखबर ) || मंसिरमा नेपालमा हुन गईरहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम तयारी नेपाली कबड्डी टिमले भारतमा गर्ने भएको छ ।

जसअन्तर्गत खेलाडीको वैदेशिक प्रशिक्षण स्वरुप कबड्डी टिमले भारतस्थित महाराष्ट्रको कोलापुरमा हुने भएको छ ।

त्यसका लागि आज (शुक्रबार) नेपाली टोली आज कोलापुर प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

टोलिमा पुरुष खेलाडीमा जयबहादुर बोहरा, नागेश्वर थारु, विनोद तामाङ, प्रदीप मिजार, रन्जित गज्मेर, लालमोहर यादव, प्रवीण खडका , कुमार लामा, पदमबहादुर विष्ट, बन्धु राना, कल्याण भुजेल, अमित कुँवर, अजय मानन्धर, रामु टमाटा, रामप्रसाद महतो र कधैलाल थारु रहेका छन् ।

भने महिलातर्फ कोशमाया बस्नेत, मेणुका राजवंशी, गंगा धामी, अनुजा कुलुङ राई, हरिना थापा, मानमति विष्ट, गंगा रकसकोटी, कमला थापा, सरिता भुजेल, सविना मल्ल, रविना चौधरी, जयन्ती बढु, सुनिता थापा, यशोदा गिरी, पुस्तिका चौधरी र सिर्जना थारु रहेका छ्न ।

प्रशिक्षकतर्फ मुख्य प्रशिक्षक तारासिंह भाट, लोकबहादुर विष्ट, मोतिराज पनेरु, विष्णु दत्त भट्ट र पार्वती राई छन । भने टोलीसँगै दुई व्यवस्थापकमा कृष्णदेव पन्त र सुन्दर प्रजापति पनि भारत गएका छ्न ।

भारत प्रशिक्षण पछि यसैको आधारमा नेपालको अन्तिम टिमको घोषणा गरिनेछ ।

नोभेम्बर २ देखि २९ तारिखसम्म चल्ने प्रशिक्षणका दौरान नेपाली टोलीले भारतमा रहेर पाँच अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *