
साग तयारीका लागि भारोत्तोलन टोली आज उज्वेकिस्तान जाँदै
काठमाडौं ( अनलाइन खेलखबर ) | आसन्न मंसिरमा नेपालमा हुन गईरहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नेपाली भारोत्तोलन टोली आज शुक्रबार उज्वेकिस्तानको तास्केन प्रस्थान गर्दैछ ।
बिहिबार १२ खेलाडीसहित १५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रम गरि बिदाइ गरेका थिए ।
उज्वेकिस्तान जाने टोलीमा पुरुष खेलाडीमा पुकार गुरुङ, सन्देश गुरुङ, दिनेश कार्की, प्रकाश केसी, राजु चौधरी र तुलाराम महतो रहेका छन् ।
भने महिलातर्फ अस्मिता राई, मनकुमारी कुमाल, राजलक्ष्मी थापा, कमला श्रेष्ठ, संगीता राई र करिना चौधरी छन् ।
प्रशिक्षकमा दिनेश भुजेल र सकिल अहमद तथा व्यवस्थापकमा रुद्रबहादुर न्यौपाने रहेका छन् ।
तास्केनमा नेपाली टोलीले २२ दिनसम्म प्रशिक्षण गर्ने कार्यतालिका रहेको छ ।