सागको मिति नजिकिदै गर्दा खेलकुद मन्त्रीद्वारा पूर्वाधारको निरीक्षण

सागको मिति नजिकिदै गर्दा खेलकुद मन्त्रीद्वारा पूर्वाधारको निरीक्षण

काठमाडौं ( अनलाइन खेलखबर ) | आउँदो मङ्सिर महिनामा नेपालमा हुँन गईरहेको १३ औं दक्षिण एसियाली खेलकुद ( साग ) का लागि निर्माण तथा स्तरोन्नती भइरहेका भौतिक पूर्वाधारलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले निरीक्षण गरेका छ्न ।

सोमबार खेलकुद मन्त्री विश्वकर्माले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला लगायत सातदोबाटोस्थित हिटिङ स्विमिङ पुल, स्क्वासको सेन्टर कोर्ट र लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको निरीक्षण गरेका थिए ।

बिज्ञापन

निरीक्षणका दौरान मन्त्री विश्वकर्माले निर्माण कार्यको जिम्मेवारी पाएका संस्थाका प्रतिनिधि, इन्जिनिएरलगायतसँग प्रगति अवस्थाका बारेमा जानकारी लिनुका साथै समयमै कार्य सम्पन्न गर्न निर्देशन समेत दिएका थिए ।

निरीक्षणका दौरान राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले मन्त्री विश्वकर्मालाई निर्माण र स्तरोन्नती भइरहेका पूर्वाधारका विषयमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *