दोहोरो पदक विजेता रजनी श्रेष्ठ स्वदेश फिर्ता
काठमाडौं ( अनलाइन खेलखबर ) || ईण्डोनेसियाको बताममा भएको ५३ औं एसियाली शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स च्याम्पियनसिपकी दोहोरो पदक विजेता रजनी श्रेष्ठ आज बिहिबार स्वदेश फर्किएकी छिन ।
उनलाई विमानस्थलमा नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले भब्यताका साथ स्वागत गरेको थियो ।
उनलाई स्वागत गर्न संघका केन्द्रीय अध्यक्ष राजेशबाबु श्रेष्ठ, महासचिव राजन श्रेष्ठलगायत आफन्तजन तथा सुभचिन्तकहरु विमानस्थल पुगेका थिए ।
च्याम्पियनसिपमा रजनीले महिला ५५ केजीमा रजत तथा ३० वर्ष उमेरसमूहमा कांस्य जित्न सफल भएकी थिईन ।
रजनीलाई स्वागत गर्न पुगेका संघका अध्यक्ष श्रेष्ठले रजनीलाई व्यक्तिगत रुपमा १ लाख ५० हजार नगद पुरस्कार प्रोत्साहन स्वरुप प्रदान गर्ने घोषणा गरेका थिए ।