नेपालगन्ज म्याराथनको पाँचौं संस्करण मंसिर ७ गते हुँने
सोज १२ , अनलाइन खेलखबर ।। आउँदो मसिर ७ गते बाके जिल्ला नेपालगन्जमा हुँने पाँचौ सस्करणको मिति नजिकिदै गर्दा अहिले आयोजक तयारीमा तिब्रतामा लागि परेको छ ।
क्रियटिभ ह्याण्ड्सले शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आयोजना गर्दै आएको नेपालगन्ज म्याराथन २०१९ को तयारी अहिले तिब्र पारिएको आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले बताएका छन ।
दश बर्षे सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेको स्मरणमा नेपालगन्ज म्याराथन हुँदै आएको छ । बिभिन्न सरोकारवालासँगको परामर्शपछि हरेक मंसिर पहिलो हप्ताको शनिबार नेपालगन्ज म्याराथन आयोजना गर्ने निस्कर्षमा आयोजक पुगेको छ ।
प्रतियोगितामा पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन, ५ किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड समावेश गरिएको छ । त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड राखिएको छ भने शारीरिक रुपले अशक्तहरुको लागि पनि दौड प्रतिस्पर्दा समाबेश गरिएको छ ।
यस्तै यस सस्करणबाट ३ किलोमिटरको कर्पोरेट रन पनि राखिएको छ । यसमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथा बिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता जनाउनेछन् ।
खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ । अन्य सबै विधामा नगद पुरस्कार दिइनेछ । कर्पोरेट रनका विजेतालाई सरप्राइज पुरस्कार प्रदान गरिनेछ ।
नेपालगन्ज उपमहानगरपालिका नजिक बीपी चोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः बीपी चोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागि हुनेछन् ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा र चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई विजेता बनेका थिए ।
यता महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भएकी थिइन् । यसपटक सबै विधामा नगद पुरस्कार बृद्धि गरिनेछ ।