आज हुँदै स्पोर्ट्स अवार्ड : १० विधामा अवार्ड प्रदान गरिदै
असार १७ , अनलाईन खेलखबर ।। नेपाली खेलकुदकै सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा आफुलाई स्थापित गरेको बजाज पल्सर स्पोर्ट्स अवार्ड आज काठमाडौमा हुँदैछ ।
१६ औं सस्करणको स्पोर्ट्स अवार्ड आज मङ्गलबार काठमाडौं कमलादिस्थित प्रज्ञा भवनमा दिउँसो करिव पौने ३ बजेपछी सुरु हुनेछ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजमामा हुदैँ आईरहेको यस अवार्डमा यसपटक कुल १० विधामा अवार्ड प्रदान गरिदै छ ।
जसमा वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर र पिपल्स च्वाइस अवार्डसंगै इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिदै छ ।
इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड यसपटक थपिएको विधा हो । पिपल्स च्वाइस अवार्ड सहित अन्य चार विधाको मनोनयन मञ्च सार्बजनिक गरिसकेको छ ।
पिपल्स च्वाइस तर्फ क्रिकेटका सन्दीप लामिछाने,फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी, ब्याटमिन्टनका प्रिन्स दाहाल र शारीरीक सुगठनका महेश्वर महर्जन रहेका छन् ।
यस्तै वर्षको उत्कृष्ट पुरुष खेलाडी विधामा क्रिकेटका सोमपाल कामि र पारस खड्का , प्याराग्लाईडिङका युकेश गुरुङ, गल्फका शुक्रराज राई र जुडोका ईन्द्रबहादुर श्रेष्ठ रहेको छन् ।
वर्षको उत्कृष्ट महिला खेलाडी विधामा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ र तेक्वान्दोकी निमा गुरुङ रहेका छन् ।
वर्षको युवा खेलाडीतर्फ ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जली योञ्जन र कराँतेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् ।
त्यस्तै प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, प्याराग्लाईडिङका योगश भट्टराई, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट, फुटबलका हरी खड्का मनोनयनमा परेका छन् ।
वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । बाकी अन्य विधाका अवार्ड बिजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ्न ।