स्पोर्ट्स अवार्डलाई होटल क्राउन प्लाजाको साथ

स्पोर्ट्स अवार्डलाई होटल क्राउन प्लाजाको साथ

असार १२ , अनलाईन खेलखबर ।। नेपाली खेलकुदकै सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा रहेको बजाज पल्सर स्पोर्ट्स अवार्डको सह – प्रायोजनको रुपमा होटल क्राउन प्लाजा जोडिएको छ ।

यहि आउदो असार १७ गते काठमाडौं कमलादिस्थित प्रज्ञा भवनमा हुन् गईरहेको १६ औं सस्करणको स्पोर्ट्स अवार्डका लागी होटल क्राउन प्लाजा जोडिएको हो ।

विहिवार एक कार्यक्रम बिच आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र होटल क्राउन प्लाजाका तर्फबाट प्रबन्ध निर्देशक युवराज श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार अब होटल क्राउन प्लाजाले अवार्डका लागि मञ्चको कार्यक्रममा आवास र खानपानको व्यवस्था गर्नेछ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजमामा हुदैँ आईरहेको यस अवार्डमा यसपटक कुल १० विधामा अवार्ड प्रदान गरिदै छ । जसमा वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर र पिपल्स च्वाइस अवार्डसंगै इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिदै छ ।

इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड यसपटक थपिएको विधा हो । पिपल्स च्वाइस अवार्ड सहित अन्य चार विधाको मनोनयन मञ्च सार्बजनिक गरिसकेको छ । पिपल्स च्वाइस तर्फ क्रिकेटका सन्दीप लामिछाने,फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी, ब्याटमिन्टनका प्रिन्स दाहाल र शारीरीक सुगठनका महेश्वर महर्जन रहेका छन् ।

यस्तै वर्षको उत्कृष्ट पुरुष खेलाडी विधामा क्रिकेटका सोमपाल कामि र पारस खड्का , प्याराग्लाईडिङका युकेश गुरुङ, गल्फका शुक्रराज राई र जुडोका ईन्द्रबहादुर श्रेष्ठ रहेको छन् ।

वर्षको उत्कृष्ट महिला खेलाडी विधामा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ र तेक्वान्दोकी निमा गुरुङ रहेका छन् ।

वर्षको युवा खेलाडीतर्फ ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जली योञ्जन र कराँतेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् ।

त्यस्तै प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, प्याराग्लाईडिङका योगश भट्टराई, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट, फुटबलका हरी खड्का मनोनयनमा परेका छन् ।

वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । बाकी अन्य विधाका अवार्ड बिजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *