नेपाल क्योकुशिन बुदो कराते साकाई ईन्टरनेशनलद्रारा पदक बिजेता खेलाडीलाई सम्मान

नेपाल क्योकुशिन बुदो कराते साकाई ईन्टरनेशनलद्रारा पदक बिजेता खेलाडीलाई सम्मान

जेठ ३ , अनलाईन खेलखबर || नेपाल क्योकुशिन बुदो कराते साकाई इन्टरनेशनलले आठौं राष्ट्रिय खेलकुदमा आफ्ना पदक विजेता खेलाडीलाई आज शुक्रबार एक कार्यक्रम गरि सम्मान गरेको छ ।

अघिल्लो महिना बाके स्थित नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा ६० किलो तौल भन्दा कममा स्वर्ण जित्न सफल सन्तोष कुमार लामा र रजत विजेता विनोद निरौलालाई नगद र सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

यस्तै उसुबाट स्वर्ण बिजेता विन्दु पुनलाई पनि सोही समारोहमा सम्मान गरिएको थियो । त्यस्तै आठौंमा उत्कृष्ट प्रर्दशन गरेका तर पदक जित्न नसकेका निसा बोहोरा र विनोद थापालाई पनि प्रोत्साहन स्वरुप नेपाल क्योकुशिन बुदो करात साकाई इन्टरनेशनलले सम्मान गरेको थियो ।

खेलाडीहरुलाई सघका अध्यक्ष भुषण महर्जन,प्रशिक्षक राम बहादुर बम,महासचिव अजय महर्जन र सदस्य तथा पुर्व खेलाडी सोनु महर्जन लगायतकाले नगद सहित खादा लगाएर प्रमाण प्रत्र सहित सम्मान गरेका थिए ।

सोही कार्यक्रममा संघले यूकेबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय प्रमाणपत्र विभिन्न जिल्लाका ३० जना खेलाडीलाई प्रदान गरेको थियो ।

यस्तै राष्ट्रिय प्रमाणपत्र १२ जना खेलाडिले प्राप्त गर्दा देशका १८ जिल्लाबाट ४२ जना खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्टिय प्रमाणपत्र प्राप्त गरेका थिए ।

क्योकुशिन बुदो कराते इन्टरनेशनल एक वर्ष अघि आधिकारिक रुपमा स्थापना भएको सघ हो जसले पछिल्लो प्रदेश नम्बर ५ मा आयोजित आठौ राष्टिय खेलकुदमा सहभागिता जनाएको थियो ।

जसअनुरुप स्थापनाको पहिलो बर्षमा नै खेलले सम्भावना देखाएको छ । र क्रमश सफलता पाउने क्रममा रहेको छ ।

सम्मानपछि सन्चारकर्मी सगँ आफ्ना कुरा राख्ने क्रममा प्रशिक्षक राम बहादुर बम्जनले खेलाडीबाट आगामी दिनमा अझ उत्कृष्ट प्रर्दशन गर्नमा बिश्वस्त देखिन्थे ।

प्रशिक्षक बम्जनले खेलाडीलाई अझ निरन्तर रुपमा मेहनत गर्न आग्रह समेत गरेका थिए ।

यस्तै इन्टरनेशनलका अध्यक्ष भुषण महर्जनले खेलाडीको प्रर्दशनले आफुहरु धेरै खुसि र उत्साहित भएको बताएका थिए । सबैको सहयोग र साथले यो सफलता हात पारेको समेत उल्लेख गरेका थिए ।

कार्यक्रममा संघका पदाधिकारीहरु , खेलाडीहरु , खेलाडीका सुभचिन्तक तथा खेलप्रेमी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *