राष्ट्रिय खुल्ला बास्केटबल प्रतियोगिताको सेमिफाईनल समीकरण पुरा

राष्ट्रिय खुल्ला बास्केटबल प्रतियोगिताको सेमिफाईनल समीकरण पुरा

बैशाख १७ , अनलाईन खेलखबर ||मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा काठमाडौमा जारी राष्ट्रिय खुल्ला बास्केटबल प्रतियोगिता अन्तर्गत लिग चरणको खेल समाप्ति संगै प्रतियोगिताको सेमिफाईनल समिकरण पनि पुरा भएको छ ।

यस्तै आज मङ्गगलबार भएको खेलमा गोल्डेन गेट ईन्टरनेशनल कलेज , शंङ्गकर देव र टाईम्स क्याम्पस बिजयी भएको छ । गोल्डेन गेट ईन्टरनेशनल कलेजले ह्वाईटहाउस कलेजलाई ६२-४९ स्कोरले पराजित गरेको थियो । भने शंकरदेबले त्रिचन्द कलेजलाई ६७-३९ को स्कोरले पराजित गरेको थियो । यस्तै आजनै टाईम्स कलेज र प्राईम कलेज बिच भएको निकै प्रतिष्पर्दात्मक खेलमा टाईम्सले ५७-४९ को स्कोरमा जित हासिल गरेको थियो ।

अब प्रतियोगिताको सेमिफाईनल खेलमा भोलि बुधवार पहिलो सेमिफाईनल खेलमा टाईम्स र जेभियर्स कलेज भिड्ने छन भने दोस्रो सेमिफाईनलमा गोल्डेन गेटले शंकरदेब कलेजको सामना गर्नेछ । दुवै खेल प्राईम कलेजमा हुनेछ ।

प्रतियोगिताको फाईनल खेल बिहिवार हुनेछ । प्रतियोगिताको बिजेता टिमले १ लाख १० हजार प्राप्त गर्नेछ । भने उपबिजेताले ५५ हजार प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *