onlinekhelkhabar.com

Complete website for Nepali Sports News

राष्ट्रिय खुल्ला बास्केटबल प्रतियोगितामा गोल्डेन गेट , ह्वाईट हाउस र टाईम्स कलेज बिजयी

बैशाख १५ , अनलाईन खेलखबर ||मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा काठमाडौमा जारी राष्ट्रिय खुल्ला बास्केटबल प्रतियोगिता अन्तर्गत आज प्रतियोगिताको चौथो दिनको खेलहरुमा गोल्डेन गेटई ईन्टरनेशनल कलेज , ह्वाईट हाउस र टाईम्स कलेज बिजयी भएका छन ।

आज आईतबार भएको खेलमा गोल्डेन गेटले पब्लिक युथ क्लबलाई ६१-३९ को स्कोरले पराजित गरेको थियो । भने ह्वाईट हाउसले काठमाडौ बिश्वविद्यालयलाई ६७-२५ को स्कोरले पराजित् गरेको थियो । यस्तै आजनै भएको टाईम्स कलेज र न्याथम क्यापस बिच भएको खेलमा टाईम्सले ७१-२८ ले जित हासिल गरेको थियो ।

प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको छ ।

जसलाई पहिलोमा लिग तथा दोस्रो चरणमा नकआकटका आधारमा प्रतियोगिता सन्चालन भईरहेको अबस्था छ ।

प्रतियोगितामा प्राइम कलेज , पब्लिकयुथ कलेज , पिपुल्स कलेज , अस्कल क्यामस (क),अस्कल क्याम्पस (ख), त्रिचन्द्र क्याम्पस , शंकरदेब क्याम्पस र टाइम्स क्यामस रहेको छ ।

यस्तै गोल्डेनगेट क्याम्पस, ह्वाइटहाउस क्याम्पस, जेभियर्स इ.क्याम्पस ,ग्रीनफिल्ड क्याम्पस , न्याथम क्यापस(क), न्याथम क्याम्पस(ख), काठमाडौ बिश्वविद्यालय र पोखरा बिश्वविद्यालयको सहभागिता रहेको छ ।

प्रतियोगिताको खेलहरु अमृत साइन्स क्याम्पस,प्राइम क्याम्पस र गोल्डेनगेट क्याम्पसमा पालैपालो भईरहेको छ । प्रतियोगिता १९ गते सम्म चल्नेछ ।

प्रतियोगिताको बिजेता टिमले १ लाख १० हजार प्राप्त गर्नेछ । भने उपबिजेताले ५५ हजार प्राप्त गर्नेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *