onlinekhelkhabar.com

Complete website for Nepali Sports News

भोलिबाट काठमाडौमा खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगिता हुँदै

बैशाख १२ , अनलाईन खेलखबर ||मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा बैशाख १३ देखी १९ गते सम्म काठमाडौमा राष्ट्रिय खुल्ला बास्केटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक मदन भन्डारी स्पोर्ट्स एकेडेमीले जानकारी गराए अनुसार प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहने छ ।

जसलाई पहिलोमा लिग तथा दोस्रो चरणमा नकआकटका आधारमा प्रतियोगिता सन्चालन गरिने छ ।

प्रतियोगितामा प्राइम कलेज , पब्लिकयुथ कलेज , पिपुल्स कलेज , अस्कल क्यामस (क),अस्कल क्याम्पस (ख), त्रिचन्द्र क्याम्पस , शंकरदेब क्याम्पस र टाइम्स क्यामस रहेको छ ।

यस्तै गोल्डेनगेट क्याम्पस, ह्वाइटहाउस क्याम्पस, जेभियर्स इ.क्याम्पस ,ग्रीनफिल्ड क्याम्पस , न्याथम क्यापस(क), न्याथम क्याम्पस(ख), काठमाडौ बिश्वविद्यालय र पोखरा बिश्वविद्यालयको सहभागिता प्रतियोगितामा हुनेछ ।

प्रतियोगिताको खेलहरु अमृत साइन्स क्याम्पस,प्राइम क्याम्पस र गोल्डेनगेट क्याम्पसमा पालैपालो हुनेछ ।

यता प्रतियोगिताको उद्दघाटनमा भोलि शुक्रबार बिहान ११ बजे पछि अमृत साइन्स क्यापसको प्राङ्गणमा सम्माननिय राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमल्सिनाद्वारा समुद्घघाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितालाई लिएर प्रतियोगिता आयोजक सुमन राज कार्कीले अनलाईन खेलखबर सगँ बिशेष कुराकानी गर्ने क्रममा बास्केटबलको प्रतियोगिता कमै भईरहेको परिपेक्षमा आफुहरुले यो प्रतियोगिता गर्न लागेको बताउदै यो प्रतियोगिताले खेलाडीहरुमा आफू भित्र रहेको प्रतिभालाई देखाउन राम्रो अबसर प्राप्त गर्ने र समग्र बास्केटबलको बिकाशका लागि यो प्रतियोगिताले राम्रो भुमिका खेल्ने बताएका थिए ।

प्रतियोगिताको बिजेता टिमले १ लाख १० हजार प्राप्त गर्नेछ । भने उपबिजेतले ५५ हजार प्राप्त गर्नेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *