साहना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको उपाधि आर्मीलाई
काठमाडौं (अनलाइन खेल खबर ) । कंचनपुरको महेन्द्रनगरमा भएको तेश्रो साहना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली आर्मीले उचालेको छ ।
आईतबार प्रतियोगिताको अन्तिम खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई २-० गोल अन्तरले पराजित गर्दै राउन्ड रोविन लिगका आधारमा भएको प्रतियोगितामा शत प्रतिशत जित हासिल गर्दै आर्मी च्याम्पियन बनेको हो ।
अन्तिम खेलमा आर्मीका लागि निलिमा पाण्डेले ३९ औं र ५६ औं मिनेटमा गोल गरेकी थिइन् ।
कुल ५ टिमको सहभागिता रहेको प्रतियोगिताको च्याम्पियन आर्मीले १२ अंक जोडेको थियो । भने ९ अंकका साथ सुदूरपश्चिम दोस्रो हुँदा ६ अंक जोडेको प्रदेश २ तेस्रो हुन् सफल भयो ।
विजेता आर्मीले नगद ५० हजार प्राप्त गर्दा उप – विजेता सुदूरपश्चिमले ३० हजार र तेस्रो भएको प्रदेश २ ले १५ हजार प्राप्त गर्यो ।
यस्तै सुदूरपश्चिमकी लक्ष्मी बम प्रतियोगिताकै सर्वोउत्कृष्ट खेलाडी घोषित भइन् । प्रतियोगिताका दौरान ८ गोल गरेकी आर्मीकी निलिमा पाण्डे सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहिन् ।
सुदूरपश्चिमकी ममता भट्ट उदीयमान खेलाडी चुनिदा गण्डकीकी प्रेमा परियार उत्कृष्ट गोलरक्षक बनिन् । चारैले जनही ५ हजारका दरले नगद पुरस्कार प्राप्त गरेका थिए ।