onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अमन र मार्ते च्याम्पियन

काठमाडौं (अनलाइन खेल खबर ) । भारतका अमन दहिया र बेल्जियमकी मार्ते लाम्ब्रेचले काठमाडौंमा भएको आईटीएफ वल्ड टेनिस टुर- जे ५ को पहिलो सर्किट अन्तर्गत एकलतर्फ च्याम्पियन बनेका छन् ।

शनिबार भएको पुरुष फाइनलमा अमनले स्पेनका तोमस क्युसदा पेरेजलाई ६–२ र ६–२ को सोझो सेटमा पराजित गरेका थिए । भने महिलातर्फ च्याम्पियन बनेकी मार्तेले आफ्नै राष्ट्रकी रोमाने लोङग्युभिल्लेलाई सिधा सेटमा हराउने क्रममा ६–० र ६–३ ले पराजित गरेकी थिइन् ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा एकल र डबल्स स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यस्तै डबल्समा महिलातर्फ नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जो विजेता हुँदा पुरुष डबल्समा भारतका आर्यन लक्ष्मण र आर्यन शाह च्याम्पियन भए ।

विजेतालाई आयोजक संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुलले एक कार्यक्रमबीच पुरस्कृत गरेका ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको प्रतियोगितामा समान महिला र पुरुषतर्फ समान ३२-३२ खेलाडीहरुको सहभागिता रहेको थियो । जसमा घरेलु टोली नेपालसहित भारत, अमेरिका, क्यानाडा, स्पेन, फ्रान्स, बेल्जियम, फिनल्यान्ड र जर्मनीका खेलाडीहरु सहभागी रहेका थिए ।

अब आईटीएफ वल्ड टेनिस टुर– जे ५ अन्तर्गत सर्किट २ सोमबारदेखि सातदोबाटोमै सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्