अपाङ दम्पतीलाई जीसीएसको सहयोग
काठमाडौं (अनलाइन खेल खबर ) । नेपाल तेक्वान्दो संघका अध्यक्ष समेत रहेका जीसीएस नेपालका अध्यक्ष प्रकाशशमशेर राणाले अपाङ दम्पतीलाई राहत प्रदान गरेका छन्
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका अपाङ दम्पतीलाई अध्यक्ष राणाले खाद्य सामाग्री सहयोग गरेका हुन् । उनीहरुलाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले ३० केजी चामल, नुन, तेल, दाल र चिनी समान २–२ केजी, सिलिन्डरसहितको ग्यास सोमबार हस्तान्तरण गरे । थलीस्थित अपाङ दम्पती बस्ने डेरामा पुगी अध्यक्ष खड्काले सामाग्री हस्तान्तरण गरेका थिए । कागेश्वरी मनोहरा नगरपालिकाका प्रतिनिधिको उपस्थितिमा राहत दिइएको थियो ।
अध्यक्ष खड्काले केहि दिनअघि व्यक्तिगत १२ हजार रुपैयाँ खर्चमा आलापोटस्थित अमरनाथ मन्दिरको सरसफाइका साथै रंगरोगन पनि गरिदिएका छन् । कोरोना भाइरसका कारण पहिले गरिएको लकडाउन र पछिको निशेधाज्ञाका कारण समास्यमा परेका विभिन्न व्यक्ति र परिवारलाई गरी जम्मा ४ सय १० परिवारलाई राहत वितरण गरिसकेको अध्यक्ष खड्काले जनाएका छन् ।