नुवाकोट च्याम्पियन
काठमाडौं(अनलाइन खेल खबर ) । नेपाल मार्शल आर्ट्स हाप्किडो संघको व्यवस्थापन तथा नुवाकोट जिल्ला मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा भएको प्रथम राष्ट्रिय भर्चुअल सेल्फ (डिफेन्स हाप्किडो च्याम्पियनसिपमा आयोकक टोली नुवाकोट च्याम्पियन भएको छ ।
शनिबार सम्पन्न भएको प्रतिस्पर्धामा नुवाकोटका चार खेलाडीले स्वर्ण जित्न सफल भए । जसमा समीर गुरुङ, दिनेश गुरुङ, निमेष गुरुङ र मनराज गुरुङ रहेका छन् ।
यस्तै प्रतियोगितामा दाङको टोली दोस्रो तथा कास्की तेस्रो भएको थियो । दाङको तर्फबाट चेतन वली र गोपाल विश्वकर्माले स्वर्ण जितेका थिए । भने कास्कीका कृतिका गिरी र अन्जना परियारले स्वर्ण जिते ।
प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीले जनही दस हजार प्राप्त गरेको प्रतियोगिताको आयोजक अध्यक्ष मनोज गुरुङले जानकारी दिएका छन् । यस्तै, रजत जित्ने खेलाडीले सात हजार पाँच सय र कास्य पदक जित्ने खेलाडीले पाँच हजारसँगै सबै खेलाडीहरुले प्रमाणपत्र र मेडल प्राप्त गरेका थिए ।