बलिउड अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको जिवनमा आधारित चलचित्र एम.एस धोनीका प्रमुख कलाकार समेत रहेका बलिउडका चर्चित अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्।

फोटो सौजन्य – ईएसपिएन

भारतीय संचारमाध्यमका अनुसार आईतबार उनले मुम्बईस्थित आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका छन् ।

आफ्नो करिअरको उच्च विन्दुमा रहेका राजपुतका एक पछि अर्को चलचित्रहरुले राम्रो प्रदर्शन गर्दै आएको थियो । टेलिभिजन क्षेत्र हुँदै बलियुडमा प्रवेश गरेका उनले छोटो समयमानै राम्रो छाप छोडन सफल भएका थिए ।

उनले सन् २०१३ मा काइपोचे नामक चलचित्रबाट बलियुडमा डेब्यु गरेका थिए । जून चलचित्र क्रिकेट खेलसँग सम्बन्धित रहेको थियो । जसमा उनले एक प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

त्यसपछि उनको अर्को चलचित्र सन् २०१६ मा आएको थियो । जुन थियो भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान मध्यका एक महेन्द्र सिंह धोनीको बायोपिक (जिवनमा आधारित ) चलचित्र एम. एस धोनी द अनटोल्ड स्टोरीमा उनले धोनीको भूमिका निर्वाह गरेका थिए ।

यस फिल्मले उनलाई बलियुडमा स्थापित गर्न ठूलो सहयोग गर्यो । चलचित्रमा उनले गरेको अभिनयले सबैको मन जित्न सफल पनि भएको थियो । ब्यापारीक हिसाबले पनि निकै राम्रो व्यापार यस फिल्मले गर्यो ।

यसपछि सुशान्तले बलियुडमा एक पछि अर्को राम्रो फिल्म गर्दै गए । एम.एस धोनी पछि उनले राब्ता, केदारनाथ,पीके, शुद्ध देशी रोमान्स,सोनचिडिया,डिटेक्टिभ बोमकेश बक्सी ड्राइभ ,छिछोरे जस्ता चलचित्रमा अभिनय गरे ।

३४ वर्षीय राजपुत मुम्बई बान्द्रास्थित अपार्टमेन्टमा बहिनीसँग बस्दै आएका थिए । उनको बाँकी परिवार भने पटनामा बस्दै आएका छन् ।

अहिले उनको शबलाई प्रहरीले पोस्टमार्टमका लागि पठाएको छ । प्रारम्भिक संचारमाध्यमका अनुसार डिप्रेसनमा उनि रहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *