प्रिन्स प्रि-क्वाटरफाइनलमा फ्रान्सका खेलाडीसँग पराजित
काठमाडौं (अनलाइन खेलखबर ) । जर्मनीमा जारी योनेक्स जर्मन जुनियर इन्टरनेसनल सिरिजमा नेपालका युवा स्टार ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल अन्तिम -१६ बाट बाहिरिएका छन् ।
प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा फ्रान्सका यानिस गउदिनसँग २-१ को सेटमा पराजित हुँदै प्रिन्स प्रतियोगिताबाट बाहिरिएका हुन् ।
उनी यानिससँग २-१ को सेटमा पराजित हुने क्रममा पहिलो सेट २१-१८ ले आफ्नो पक्षमा पार्न सफल भएपनी उनी दोस्रोमा १२-२१ ले पराजित हुन पुगेका थिए भने तेस्रो सेट पनि गुमाउँने क्रममा १२-२१ ले पराजित हुन पुगेका थिए ।
प्रतियोगितामा प्रि-क्वाटरफाइनलसम्मको यात्रा तय गर्ने क्रममा त्यहाँसम्म पुग्ने क्रममा लगातार तीन खेलमा प्रिन्सले जित हासील गरेका थिए ।
प्रिन्स गत मंगलबार मात्रै विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले जारी गरेको नयाँ जुनियर वरीयतामा शीर्ष १० भित्र पर्न सफल भएका थिए ।