onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पदक विजेता फेन्सिङ खेलाडीहरु सम्मानित

काठमाडौं (अनलाइन खेलखबर )। थाईल्यान्डमा भएको सीयू फेन्सिङ च्याम्पियनसिपमा पदक विजेता खेलाडीहरुलाई नेपाल फेन्सिङ संघले नगदसहित सम्मान गरेको छ ।

संघले शनिबार एक कार्यक्रम गरि विजेता खेलाडीहरुलाई सम्मानित गरेको थियो ।

जसअन्तर्गत च्याम्पियनसिपमा टिम इपीमा रजत पदक जितेका अनिता कार्की, जानुका स्याङ्तान र सीता पाठकले जनही नगद २५ हजारका दरले नगद पुरस्कार प्राप्त गरे । भने व्यक्तिगत इपीतर्फ पनि कांस्य जितेकी अनिता थप १० हजार नगदबाट पुरस्कृत भएकी थिईन ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए ।

सोही कार्यक्रममानै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता फेन्सिङका खेलाडीसहित प्रशिक्षक र व्यवस्थापकलाई पनि मायाको चिनो प्रदान गर्दै सम्मान संघले गरेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *