प्रदेश ५ ले उचाल्यो राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

प्रदेश ५ ले उचाल्यो राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

काठमाडौं (अनलाइन खेलखबर ) । विराटनगरमा भएको दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि प्रदेश ५ उचालेको छ ।

शुक्रबार भएको प्रतियोगिताको फाइनल खेलमा गण्डकी प्रदेशलाई ५–३ गोल अन्तरले पराजित गर्दै प्रदेश ५ प्रतियोगिताको च्याम्पियन बनेको हो ।

विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।

जसमा प्रदेश ५ का सारु लामा, मनिष गुरुङ, रोहित लामा, रिसु कुमार र शशी दर्लामीले गोल गर्न सफल भए । यस्तै गण्डकीका गणेशसिंह ठगुना, श्रवण कुमार र सुमितकुमार कामीले  गोल गरेका थिए ।

नेपाल हक्की संघको आयोजनामा भएको प्रतियोगितामा एक विभागीय टोली नेपाल आर्मी सहित सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ ले प्रतियोगितामा सहभागि भाग लिएका थिए ।

प्रतियोगिताको विजेता प्रदेश ५ ले नगद ५० हजार प्राप्त गर्यो भने उपविजेता बनेको गण्डकी प्रदेशले नगद २५ हजार प्राप्त गर्दा तेस्रो आर्मीले नगद १५ हजार प्राप्त गर्यो ।

यस्तै प्रतियोगिताको उदयीमान खेलाडी गण्डकीका पिताम्बर थापा, सर्वाधिक गोलकर्ता आर्मीका रोमन राना, उत्कृष्ट गोलरक्षक कार्तिक गुरुङ, सर्वोत्कृष्ट खेलाडी गण्डकीका सुमितकुमार कामी घोषित भए । सबैले जनही ५ हजार प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *