फागुन ६ गते एनएनआईपीए स्पोर्ट्स अवार्ड  हुँदै

फागुन ६ गते एनएनआईपीए स्पोर्ट्स अवार्ड हुँदै

काठमाडौं (अनलाइन खेलखबर )। फागुन ६ गतेका दिन काठमाडौंस्थित बसन्तपुर डबलीमा एनएनआईपीए स्पोर्ट्स अवार्ड हुने भएको छ ।

आईतबार अवार्ड आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पत्रकार सम्मेलन गरि अर्वार्डको बारेमा जानकारी गराएको थियो ।

१४ औं संस्करणको यस अर्वार्डमा विभिन्न २८ खेलका पुरुष र महिलासहित २८ खेलाडीलाई अवार्ड प्रदान गरिने छ ।

एसियाली खेलकुदको प्रदर्शनलाई आधार मानी चयन गरिएका खेलहरुमा फुटबल, पौडी, भलिबल, टेबलटेनिस, सुटिङ, बक्सिङ, भारोत्तोलन, पाराग्लाइडिङ, कुराँस, कबड्डी, फेन्सिङ, रोलर स्पोर्ट्स, स्क्वास, सेपाकताक्रो, कुस्ती, स्पोर्ट्स क्लाइम्बिङ, बास्केटबल, लनटेनिस, ब्याडमिन्टन, ट्रायथलन, पेन्केक सिलात, कराते, जुडो, तेक्वान्दो, उसु, आर्चरी, एथलेटिक्स र गल्फ रहेका छन् ।

यि खेलका विजेतालाई जनही १० हजारसहित ट्रफी प्रदान गरिने छ । सम्बन्धित खेल संघको सिफारिसमा विजेताको चयन गरिने आयोजकले बताएको छ ।

नगद पुरस्कारमा खेलाडी संघले ५ हजार र सम्बन्धित खेल संघले ५ हजार उपलब्ध गराउने छन् ।

२८ खेलका विजेता मध्येबाट १–१ सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीको छनोट गरी जनही १ लाख रुपैयाँबाट पुरस्कृत गरिने छ यसका लागि गत वर्ष नै ग्लोबल आईएमइ बैंकसँग ५ वर्षका लागि सम्झौता भइसकेको छ ।

त्यत्ति बेला जनता बैंकसँग सम्झौता भएको थियो । जनता बैंक अहिले ग्लोबल आईएमइसँग जोडिएको छ ।

त्यस्तै पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा स्थापित गजराज जोशी आदर्श खेलाडी सम्मानबाट १ खेलाडीलाई पुरस्कृत गरिने छ ।

यो अवार्डको विजेताले ३५ हजार नगद प्राप्त गर्ने छन् । विगतमा यो अवार्डको राशी २५ हजार रुपैयाँ थियो ।

यस्तै एनएनआईपीए खेलकुद पत्रकारिता अवार्डबाट १ खेल पत्रकारलाई २५ हजार नगदनबाट पुरस्कृत गरिने छ ।

नयाँ विधाका रुपमा पारा खेलकुदतर्फ २०७५ सालमा उत्कृष्ट प्रदर्शन गर्ने एक पारा खेलाडीलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *