ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्सको विजयी सुरुवात
काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालका ब्याडमिन्टन स्टार खेलाडी प्रिन्स दाहालले बुधबारबाट काठमाडौंमा सुरु भएको प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर ईन्टरनेशनल सिरिजमा विजयी सुरुवात गरेका छ्न ।
प्रतियोगिताको पहिलो दिन बुधबार प्रिन्सले भारतका आर बिकास प्रभुलाई २१–१५, २१-७ र २१–१४ को सोझो सेटमा पराजित गर्दै प्रिन्सले पुरुष एकलतर्फ सेमिफाईनल यात्रा तय समेत गरे ।
यु – १९ को मात्र प्रतिस्पर्धा रहेको यस प्रतियोगितामा प्रिन्सले जित हासिल गर्दै सुखद सुरुवात गरेपनी अन्य नेपाली खेलाडीहरुको भने सन्तोषजनक प्रदर्शन रहेन ।
पुरुष एकल तर्फ आज भएको प्रतिस्पर्धामा जे.बि. साउद भारतका खेलाडी शिभम कुमार मिश्र संग २१–१६, २१–११ ले पराजित भए ।
यस्तै पराजयलाई निरन्तरता दिंदै प्रियान्शु सिंह क्षेत्री श्रीलङ्काका दुमिन्दु अवेविक्रमासँग २१–१३, २१–१४ ले, पेम्बा शेर्पा श्रीलङ्काकै दिगायु कहातापितियासँग १७–२१, २१–८ र २२–२० को प्रतिस्पर्धात्मक खेलमा पराजित भए ।
यस्तै गोकुल जोरा भारतका अभिन बशिष्ठसँग २१–९, २१–९ को समान अन्तरले तथा अमृत चौधरी भारतका आयान रशिदसँग २१–८, २१–७ को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए ।
दशरथ रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फ पनि नेपाली खेलाडीहरुले पहिलो चरण पार गर्न सकेनन् ।
जसमा प्रसुना खत्री मलेसियाकी श्रन्या कबिलानसँग २१–१०, २१–९ ले तथा बिष्णा बिष्ट भारतकी अनुपमा उपाध्यायसँग २१–४, २१–६ ले पराजित हुन पुगिन ।