यूएस ओपनको उपाधि ओसाकालाई
एजेन्सी । जापानिज खेलाडी नाओमी ओसाकाले यूएस ओपनको उपाधि जितेकी छिन् ।
आईतबार बिहान न्युयोर्कस्थित आर्थर ऐश स्टेडियममा भएको फाइनल खेलमा बेलारुसकी खेलाडी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै ओसाकाले उपाधि जित्न सफल भएकी हुन् ।
उनि महिला एकलतर्फ च्याम्पियन बन्ने क्रममा भिक्टोरियामाथि १–६, ६–३ र ६–३ को सेटमा जित निकालेकी थिइन् ।
योसँगै ओसाका यूएस ओपनमा दुईपटक च्याम्पियन बनेकी छिन् । यसअघि उनले सन् २०१८ मा पनि जितेकी थिइन् ।