जोकोभिच बने वेस्टर्न एण्ड साउदर्न ओपनको च्याम्पियन
एजेन्सी । विश्व नम्बर एक सर्वियाली स्टार खेलाडी नोभाक जोकोभिचले वेस्टर्न एण्ड साउदर्न ओपनको उपाधि जितेका छन् ।
अमेरिकास्थित न्युयोर्कमा शनिबार राति भएको फाइनलमा क्यानडाका मिलोस रावनिकलाई २-१ को सेटमा हराउँदै जोकोभिच च्याम्पियन बनेका हुन् ।
उपाधि जित्ने क्रममा जोकोभिचले पहिलो सेट भने १-६ ले गुमाएका थिए । त्यसपछि राम्रो कमब्याक गरेका उनले दोस्रो र तेस्रो सेट ६-३ र ६-४ ले आफ्नो पक्षमा पारेका थिए ।
यता महिलातर्फको उपाधि बेलारुसकी भिक्टोरिया अजारेन्काले हात पारिन । उनको प्रतिद्वन्द्वी जापानकी नाओमी ओसाका चोटिल हुन पुगेपछि फाइनल खेलबाट बन्चित हुन् पुग्दा भिक्टोरिया संवत्: च्याम्पियन घोषित भएकी थिइन् ।