onlinekhelkhabar.com

Complete website for Nepali Sports News

कराते टोलीलाई खेल सामाग्री प्रदान

काठमाडौं (अनलाइन खेल खबर ) । टोकियो ओलम्पिकको तयारीमा रहेको कराते टोलीलाई खेल सामाग्री प्रदान गरिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव मिनकृष्ण महर्जनसहित प्रायोजकद्वय विनोद महर्जन र रवि महर्जनले खेलाडीद्वय नवीन रसाइली र अनु अधिकारी तथा प्रशिक्षक दीपक श्रेष्ठलाई मंगलबार एक कार्यक्रमबीच खेल सामाग्री प्रदान गरिएको थियो ।

जसमा केल्मीको जुत्ता, ट्रयाक्सुट र ब्याग लगायतको कुराहरू रहेका थिए ।

कार्यक्रमका दौरान प्रशिक्षक श्रेष्ठले जुनमा फ्रान्समा क्वालिफाइङ तथा पोर्चुगल, साइप्रस र मोरोक्कोमा हुने कराते लिगमा सहभागिताका लागि प्रयास भइरहेको जानकारी गराएका थिए । त्यस्तै कुवेतमा हुने एसियन च्याम्पियनसिपमा पनि सहभागिताका लागि नेपाल कराते महासंघले प्रयास गरिरहेको बताएका थिए ।