नेपाली कांग्रेस खेलकुद विभागबाट कराते खेलाडी अनु सम्मानित

नेपाली कांग्रेस खेलकुद विभागबाट कराते खेलाडी अनु सम्मानित

काठमाडौं (अनलाइन खेल खबर ) अघिल्लो वर्ष मंसीर महिनामा नेपालमा आयोजना भएको १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद ( साग ) मा स्वर्ण पदक विजेता कराते खेलाडी अनु अधिकारीलाई नेपाली कांग्रेस खेलकुद विभागको पन्चकन्या गाउँपालिका वडा नम्बर ४ ईकाईले सम्मान गरेको छ ।

पन्चकन्या गाउँपालिकाको बासिन्दा समेत रहेकी अनुलाई शनिबार काठमाडौंमा ईकाईले १० हजार १ सय नगदसहित सम्मान गरेको हो । अहिले उनि अर्को वर्ष जापानमा हुन् गईरहेको ओलम्पिकको छनोटका लागि तयारी गरिरहेकी छिन् ।

अनुले सागमा कुमुते ४५ केजी मुनिको प्रतिस्पर्धामा स्वर्ण जितेकी थिइन् । उनले स्वर्ण पदक जित्ने क्रममा श्रीलंकाकी खेलाडी डन पौलु बडालगेलाई ८–० अंकले पराजित गरेकी थिइन् । त्यसअघि पनि सेमिफाइनलमा उनले बंगलादशकी फमिदा अख्तरलाई ८-० अंकले पराजित गर्दै फाइनल प्रवेश गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *