कराते टोली भारत प्रस्थान

कराते टोली भारत प्रस्थान

काठमाडौं ( अनलाइन खेलखबर ) । यहि शुक्रबार देखि माघ १९ गतेसम्म भारतको विशाखापट्टनममा हुन गईरहेको चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी जनाउँन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली आज त्यसतर्फ लागेको छ ।

प्रतियोगितामा नेपालका पुरुषोत्तम पोखरेल, नानुमाया राई, लक्ष्मी तामाङ, जेशिका खत्री, भक्तबहादुर थापा मगर र टासी छिरिङ लामाले नेपालको प्रतिनिधित्व गर्दैछन् ।

प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष समेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसी रहेका छन् ।

बुधबार टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमकाबीच नेपाली टोलीलाई विदाई गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *